सिड्नी । ‘चुरीफुरी’ फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। आउँदो शुक्रबार अर्थात् ९ पुषबाट देशब्यापी प्रदर्शनमा आउन लागेको हाँस्य प्रदान सामाजिक फिल्म ‘चुरीफुरी’को अष्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको र आफुहरुबीच आइतबार सम्झौता भएको जानकारी निर्माता,निर्देशक ऋषिराज आचार्यले दिएका छन्।