सर्लाहीको गोडैता नगरपालिकाबाट नक्कली नोटको कारोबार गरेको आशंकामा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । गोडैता–८ स्थित गोडैता बजारबाट ४ थान हजारका थान नोटसहित भारत सितामढी रनौली–१० घर भएका २२ वर्षीय सरोजकुमार बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।उक्त स्थानमा सो नगरपालिका–५ रामबन घर भई पार्चुनको पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किन्दा दिएको नोट शंकास्पद रहेको बताइएको छ । नक्कली नोट कारोबार गरेको सूचना पाएपछि चौकी गौडेताबाट खटिएको प्रहरील