नवलपरासी (पश्चिम) प्रहरीले नेपाली र भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीस्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका –१२ बस्ने रसिद मोहम्मद र कपिलवस्तुको शुद्धोधन गाँउपालिका –२ नन्दपुर बस्ने जमाल मुसलमान रहेका छन् ।उनीहरुलाई नवलप