सरकारले नयाँ खुल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधानसहित बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न संशोधनसहित विधेयक दर्ता गरिएको हो । देश संघीयतामा गएको ८ वर्ष वितिसकेपनि शिक्षा ऐन नआउँदा संघीयतामा शैक्षिक प्रणाली कस्तो हुने भन्ने अन्योल थियो ।