समकालीन नेपाली राजनीतिमा 'विकल्प' दिन भन्दै उदाएका दल र नेतृत्वको बोली, व्यवहार र शैली अनि मुलुकमा निर्माण हुँदै गएको 'विकल्प'को भाष्यले त्यही 'सतही उपाय'लाई औंल्याएको प्रतीत हुन्छ । यस्तो उपाय साँचो अर्थमा मौजुदा आर्थिक-सामाजिक रूपान्तरणको जेलिंदै गएको गाँठो फुकाउने 'विकल्प' चाहिं बन्न सक्दैन ।