हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हृदय रोगले हरेक वर्ष १ करोड ७९ लाख मानिसको ज्यान लिने अनुमान गरिएको छ । यस रोगको विनाशकारी नतिजाले अनुसन्धानकर्ताहरूलाई हृदय रोग र जोखिम कारकहरूको उपचार र रोकथाम गर्न प्रेरित गरेको छ ।अन्वेषकहरूले एउटै छातीको एक्स–रे प्रयोग गरेर अब एथेरोस्क्लेरोटिक कार्डियोभास्कुलर रोगको कारणले हृदयघात वा मस्तिष्कघातबाट मृत्यु हुने सम्भावनाको भविष्यवाणी गर्न सिकाउने मोडेल विकास गरेका छन् । बीजीआर