काठमाडौँ । ‘सामाजिक अभियन्ता’ टिका सङ्ग्रौला ‘ज्वाला’ सहित ४ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौँले टिका सङ्ग्रौला, उनका पति हिमाल प्रसाद उपाध्याय, शर्मिला वाइबा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो । मङ्गलबार अदालतको आदेशपछि उनीहरू धरौटी तिरेर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातीय