बागलुङ : सुक्खा पहिरोका कारण शनिवार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ। करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्स्ट्रक्सनले पहिरो पन्छाएपछि आज (सोमवार) सडक पुनः सञ्चालन भएको हो। सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा आएका छन्।कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो। पहिरोले बागलुङ–गुल्मी खण्डअन