राजनीतिक दलहरुले अब यसरी छान्नेछन् समानुपातिकतर्फका सांसद

निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरी पठाउन राजनीतिक दलहरुलाई पत्राचार गरेको छ । बिहीबार आयोगले गरेको पत्राचार अनुसार यही मंसिर २४ गतेभित्र राजनीतिक दलहरुले यसअघि नै आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीबाट समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार छनौट गर्नुपर्नेछ ।आयोगले थ्रेस होल्ड कटाएर समानुपातिक सिट पाउन सफल दललहरुलाई पत्राचार गरेको हो ।कुन दलले कसरी सांसद सिफारिस गर्

सम्बन्धित सामग्री

राजनीतिक दलका लागि सत्ता मात्रै महत्वपूर्ण हुन थाल्योः प्रदीप पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्ता मात्रै महत्वपूर्ण भएको हुने गरेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले राजनीतिक दलहरुका लागि सत्ता नै सबैथोक हुने गरेको बताएका हुन्। उनले नयाँ राजनीतिक दल वा पुराना राजनीतिक दलहरु सबैका लागि सत्ता नै सबैथोक भएको भन्दै यसले लोकतन्त्रको रक्षा […]

संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन: सांसद् माेहन आचार्य

संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन सांसद मोहन आचार्यसंसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन्।...

लक्षित वर्गका हक सुनिश्चित गर्न राजनीतिक दल नै नकारात्मक छन्ः सांसद विश्वकर्मा

झापा – प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्माले राज्यले महिला, दलित तथा आदिवासी समुदायको हक सुनिश्चित गर्न नसकेको बताएकी छन् । लिडरसिप एकेडेमी नेपालद्वारा आयोजित दलित तथा आदिवासी समुदाय लक्षित कोशी प्रदेश स्तरीय तालिमको उद्घाटन गर्दै सांसद विश्वकर्माले लक्षित समुदायको राज्यका अंगहरूमा संवैधानिक सहभागिता गराउन राजनीतिक दलहरू अझै सकारात्मक नरहेको बताइन् । उनले भनिन्, ‘संस्थाहरूले यत्रो धेरै […]

राजावादीसँग सवालजवाफ गर्ने हाेइन, राजनीतिक दल सच्चिनुपर्छ : सांसद पन्त

ठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले राजनीतिक दलहरू सच्चिनुपर्ने बताउनुभएको छ । गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरूसँग सवालजवाफ गर्नेभन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरू सच्चिएर अघि बढनुपर्ने उहाँको भनाइ थियो । आज आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले राजनीतिक दलहरूले नागरिकलाई पुनर्विश्वास दिलाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयो, ‘राजावादीहरूसँग सवालजवाफ गरेर मात्रै पुग्दैन । लोकतन्त्रमा हामी...

वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै

काठमाण्डाै – नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्न लाग्नुभएको छ । आज दिउँसो ३ बजे काठमाण्डौको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो । राष्ट्रिय सभाका सांसद रहनुभएका गौतम नेपालका वामपन्थी दलहरुको एकै ठाउँमा ल्याउन अभियान चलाउँदै आउनु भएको थियो । गएको शनिबार भएको राष्ट्रिय भेलाले पार्टी गठन गर्ने निर्णय गरेको प्रचार संयोजक निमकान्त पाण्डेले बताउनु भएको छ । ६९ सदस्यीय केन्द्रीय कमिटीमा गौतम अध्यक्ष र डिबी कार्की सचिव रहेको पाण्डेल जानकारी दिनुभयो । उ...

एमाले सचिव भट्टराईद्वारा मर्यादित प्रतिश्पर्धाका लागि आव्ह्वान

नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले स्वच्छ र मर्यादित प्रतिश्पर्धाका लागि सबै राजनीतिक दल र उम्मेदवारहरुलाइ आव्ह्वान गरेका छन्।...

श्रीमतीको अध्‍यक्षतामा रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’

१९ पुस, काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् । सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् । उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्वीर अंकित प्लेकार्डसहित […]

हृदयेश त्रिपाठीले भोलि नयाँ राजनीतिक दल घोषणा गर्ने

काठमाडौँ– स्वतन्त्र राजनीतिक समूह बनाएका सांसद हृदयेश त्रिपाठीले मंगलबार नयाँ दल घोषणा गर्ने भएका छन्। मंगलबार साढे १० बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दल घोषणा कार्यक्रम राखिएको त्रिपाठीले जानकारी दिए । उनले भने, ‘भोलि नयाँ राजनीतिक दल घोषणा गर्दैछु । दल घोषणा गर्दा दस्तावेज पनि सार्वजनिक हुनेछ। दस्तावेजले बोल्ने छ, कस्तो पार्टी हुनेछ भन्ने ।’ […]