काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्रहित विपरीत भएको बताएका छन्।शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन्। उनले निजगढ विमानस्थल अहिले बनाउन नदिई विरोध गर्नेहरूले १० वर्षपछि देशलाई हुने घाटा व्यहोर्नुपर्ने बताए। उनले निजगढ बनाउन लाग्दा बाधा अवरोध गर्नु राष्ट्रिय हितविपरीत हुने बताए।उनले भने, ‘निजगढ विमानस्थल अहिले नबन