बालेन दाइ! ‘गरिबको चमेली बोल्दिने कोही छैन’

काठमाडौं : स्थानीय तह निर्वाचनअघि दुई विषय बढी चर्चामा रहे। लामो समयदेखि राजनीतिमा जकडिएकाहरूको हालीमुहालीमा रहेका नेता र तिनका परिवारविरुद्ध जनताको चोला फेर्न तम्सिएका स्वतन्त्र उम्मेदवार बालेन साह।दोस्रो विषय थियो चर्चित गीत :'गाई त बाँध्यौ ढुङ्ग्रोमा मोई छैन, गरिबको चमेली बोल्दिने कोई छैन' कैयौँ व्यक्तिले यही गीतसहित बालेनका लागि मत दिन आग्रह गरेका थिए। यो गीतले बालेनको जितका लागि कति महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो? त्यो बहस हुन सक्ला तर गीतमा भने जस्तै राजनीतिक दलले

सम्बन्धित सामग्री

गरिबको चमेली बोल्दिने कोही छ र ?

आठ‍ दिनदेखि सामान्य प्लेकार्ड बोकेर २४सै घण्टा निरन्तर सडकमा उभिएर यी युवाले महानगरलाई प्रश्न गरिरहेका छन्, 'गरिबको चमेली बोल्दिने कोही छ र ?'

बालेनलाई चुनावी वाचा सम्झाउन उभिइरहेका ईः

कोभिड महामारीका बेला 'इनफ् इज इनफ्' अभियान चलाउने ईः बालेनका कदम विरुद्ध महानगर अगाडि १२८ घन्टासम्म उभिएर प्रदर्शनरत छन् । 'गरिबको चमेली...' भन्दै र्‍याप गाउने बालेन नै गरिब विरुद्ध ओर्लिएकाले विरोध गर्नुपरेको उनीसहितका अभियन्ताहरूको भनाइ छ ।

महानगर कार्यालय अगाडि बालेन र सुनिताविरुद्ध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १३ साउन । काठमाडौं महानगर प्रहरीले ज्यादती गरेको भन्दै नगरप्रमुख बालेन्द्र शाह र उप–प्रमुख सुनिता डंगोलको कार्यालय अगाडि प्रदर्शन भएको छ । स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका उनीहरुले काठमाडौं महानगरमा मानवता, सहानुभूति र जवाफदेहिता नभएको युवा नेतृत्व रहेको बताए । प्रर्दनमा उत्रिएकाहरुले ‘बालेन बन्ठे हुँदै गार्यौ, सुनिता ? गरिबको चमेली, हाम्रो चिनारी क्रुरता कि करुणा […]

‘गरिबको चमेली बोलिदिने कोही छ‍ैन’ (तस्बिरसहित)

काठमाडौँ- काठमाडौँ महानगरको नगर प्रहरीले व्यवसायीमाथि गरेको ज्यादतीविरुद्ध प्रदर्शन भएको छ। महानगरको बागदरबारको गेट अगाडि युवाहरूले प्रदर्शन गरेका हुन्। युवाहरूले ‘बालेन र सुनिता तिमीहरूले वाचा गरेकाे परिवर्तन यही हाे?’, ‘नगर प्रहरीकाे दम बन्द गर’, ‘मेयर बालेन मानवअधिकार उल्लंघनकर्ता’जस्ता नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरका थिए। प्रदर्शनको दौरान उनीहरूले ‘गरिबको चमेली बोलिदिने’नामक गीतसमेत गाएका थिए। हेर्नूहोस् देश […]

‘मनोमानी’ले एक्लिँदै बालेन

काठमाडौं, माघ १८। नेतृत्व गर्न चाहनेले समूहभन्दा अगाडि होइन, समूहसँगै हिँड्न जान्नुपर्छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जनताको समूहभन्दा धेरै अगाडि हिँड्न खोज्दा एक्लिन थालेका छन्। ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै चुनाव जितेका मेयरले सहरमा ‘गरिबलाई टिक्न नसक्ने’ वातावरण बनाउन थालेको गुनासो बढेको छ। ‘महानगरको सौन्दर्य भनेको सडक किनारमा फक्रिएका फूलका थुँगा मात्र होइनन्, […]

गरिबको बोल्दिने कोही छैन !

गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैनदेशको राजधानीमा राज्यबाटै गरिब देशवासीको बिचल्ली हुने क्रम सडक र सञ्जालमा व्याप्त भएपछि उपर्युक्त गीतको निकै चर्चा हुन थालेको छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र (बालेन) शाहले सबैभन्दा धेरै प्रयोग गरेको कोरस गीत हो यो, जुन ‘बलिदान’ शीर्षक र्‍यापभित्र छ ।

गरिबको ‘ढाड’मा बजारियो बालेनको ‘लौरो’

स्वतन्त्र उम्मेदवारीबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित र्भका बालेन्द्र (बालेन) साह अहिले आलोचित बनेका छन् । दलहरुबाट वाक्क भएर स्वतन्त्र उम्मेदवारलाई महानगरको मेयरमा जिताएका महानगरबासीले नै अहिले बालेनको आलोचना सुरु गरेका छन् ।चुनावी अभियानमा बालेनको एउटा र्याप निकै चल्यो । ‘बलिदान’ शीर्षकको उक्त र्यापमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’लाई बालेनले कोरसका रुपमा उतारेका थिए । तर, बालेन मेयरमा निर्वाचित भएपछि महानगरले गरिबमाथि प्रहार थालेको छ । महानगरले भिख माग्न नपाउने सूचना नै निकाल्यो । यो कदमको स्वागत नै भएको छ । किनकी, काठमाडौँका व्यस्त ठाउँमा भिख माग्न बस्नेहरु नेपाली मूलका छैनन् ।शुक्रबारको एउटा घटनाले भने मेयर बालेन निकै आलोचित बनेका छन् । बालुवाटार क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि महानगर प्रहरीले ज्यादती गर्यो । लछापछार गरेर मकै र ठेला कब्जामा लियो । समाजिक सञ्जालमा महानगर प्रहरीको यो ज्यादतीको भिडियो भाइरल भयो ।फुटपाथमा ब्यापार गर्न पाइँदैन भनेर नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन् । ती सिन्धुपाल्चोक घर भएर लामो समयदेखि मकै बेचेरै बालबच्चा हुर्काइरहेकी ती महिला नगर प्रहरीका सामू हात जोड्छिन्, विन्ती गर्छन्, अनेक अनुनय विनय गर्छिन् । आधा मकै बाटोभरी असरल्ल छरिन्छन् ।ती महिलाका श्रीमान गाडा र मकै छुटाउन नगर प्रहरीको गाडीको पछि पछि दौडिन्छन् । तर, त्यो सम्भव हुँदैन । गरिबको सामान उठाएकोमा गर्वानुभूति गर्दै नगर प्रहरी हुईकिन्छन् । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा फुटपाथ र सडकमा सामान नबेच्नु भन्दाभन्दै सडकमा ठेला राखेर ब्यापार गर्दा जुनसुकै बेला जफत बताउँछन् ।बालेन काठमाडौँको मेयरको स्वतन्त्र उम्मेदवार भएर पनि चुनाव जितेका व्यक्ति हुन् । उनको दल छैन, उनलाई दलको ह्वीप लाग्दैन, निर्देशन लाग्दैन । त्यसैले पनि उनीबाट धेरैले अपेक्षा गरेका थिए, गरेका छन् । चुनावी दौरानमा बालेन शाहको चुनाव चिन्ह थियो ‘लौरो’ । शुक्रबार महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि महानगर प्रहरीले ज्यादती गरेपछि बालेनको लौरो गरिबको ढाडमा बजारिएको भन्दै आलोचना भईरहेको छ ।थप कारबाहीयी निमुखा दम्पत्तीमाथि महानगरको नगर प्रहरीले थप कारबाही गर्ने भएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएको र अगुल्टोले हानेको भन्दै नगर प्रहरीले थप कारबाही गर्ने बताएको हो ।बुधबार घुस माग्न आएपछि आफूले नगर प्रहरीलाई अगुल्टोले हानेको सीता आचार्यले नै भनेकी छिन् ।‘सरकारी कर्मचारीमाथि सडकमै हातपात भएको छ, हातपात गर्ने उनीहरुलाई कारबाही नगरेर के नमस्कार गर्नु पर्ने त ?’  नगर प्रहरी प्रमुख सापकोटाले कारबाही गर्ने संकेत गर्दै भने ।

‘गरिबको चमेली बोल्दिने कोही छैन…’

१७ असार, काठमाडौं । चुनावी अभियानका क्रममा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र (बालेन) साहले ‘बलिदान’ शीर्षकको र्‍याप सबैभन्दा धेरै प्रयोग गरे, जसमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन…’ कोरसका रुपमा थियो । ‘…यो राज्यको राजाहरुमा राजयोग नै छैन, यो रामराज्य हैन .. भन्दै राजनीतिक नेतृत्वमाथि व्यंग्य गरेको गीतका […]

थरीथरी पृष्ठ भूमिका उम्मेदवार

काठमाडौं । गाई त बाँध्यो, ढुंग्रोमा मोही छैन । मोही छैनगरिबको चमेली बोल्दिने कोही छैन ।गरिबको बोल्दिने कोही छैन,कोही छैनगरिबको चमेली बोल्दिने कोही छैन । २०५३ सालमा ‘वलिदान’ फिल्ममा समावेश यो गित स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा फेरी चर्चामा छ । दुई वर्षअघि यस गितको रिमेक बनाएका र्यापर बालेन शाह स्थानीय तह निर्वाचनमा काठमाडौं […]