बालेनलाई चुनावी वाचा सम्झाउन उभिइरहेका ईः

कोभिड महामारीका बेला 'इनफ् इज इनफ्' अभियान चलाउने ईः बालेनका कदम विरुद्ध महानगर अगाडि १२८ घन्टासम्म उभिएर प्रदर्शनरत छन् । 'गरिबको चमेली...' भन्दै र्‍याप गाउने बालेन नै गरिब विरुद्ध ओर्लिएकाले विरोध गर्नुपरेको उनीसहितका अभियन्ताहरूको भनाइ छ ।

सम्बन्धित सामग्री

बालेनले सुने ईः को आवाज

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई चुनावी वाचा स्मरण गराउँदै ९ दिनदेखि उभिएर शान्तिपूर्ण धर्ना दिँदै आएका अभियन्ता ईः र महानगरबीच बुधबार साँझ ४ बुँदे सहमति भएको छ । सहमतिलगत्तै अभियन्ता ईः लगायतले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको मूलद्वारमा गर्दै आएको धर्ना स्थगित गरेका छन् । सहमतिमा महानगरका तर्फबाट चिनीकाजी श्रेष्ठ र धीरज जोशी तथा ईः ले हस्ताक्षर गरेका छन् ।