३० चैत, काठमाडौं । बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष जेठमा गण्डकी प्रदेशमा आयोजना हुने भएको छ । मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिएका छन् ।