कास्की – नेपाल पुलिस क्लबको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ ।
पोखरा रङ्गशालामा आज मङ्गलवार भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपीएफ) लाई पाँच रनले हराउँदै स्वर्ण जितेको हो । पहिलो पटक महिला टोली बनाएको पुलिसले डेब्यु प्रतियोगितामै ऐतिहासिक स्वर्ण पदक जित्न सफल भयो ।
जितका लागि पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८४ रनमात्र बनाउन सक्याे । एपीएफका लागि रोमा थापाले २६ र राजमती ऐरीले न...