काठमाण्डाै – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । यसअघि गण्डकी प्रदेशमा यही जेठको २२ गतेदेखि हुने तय भएको राष्ट्रिय खेलकुद अब आउँदो असोजको २८ देखि कात्तिक ३ गतेसम्म हुने भएको हो ।
आज मङ्गलवार पत्रकार सम्मेलन गरेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले तयारी नपुगेको भन्दै नवौँ राष्ट्रिय खेलकुद असोज र कात्तिकमा हुने जानकारी दिनुभयो । बजेट र अन्य तयारीको व्यवस्थापन फास्ट ट्र्याकमार्फत गर्न खोजे पनि केही कानुनी र व्यावहारिक अड्चनका कारण जेठको २२ गतेदेखि प्रतियोगिता गर्न नसकिएको मन्त्री गहतराजले बताउनुभयो...