पछल्लिो समय जिल्लामा खाँडीका कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको छ । बजारमा सस्तोमा आयातित कपडाको प्रभावका कारण जिल्लामा खाँडीको कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको हो ।
कुनै बेला कपास खेतीको उर्वर भूमि मानिने मुगुको सोरु गाउँपालिकामा कृषकहरूले कपास खेती गर्न छाडेपछि परम्परागत पहिरन आँगो, घांग्रो, पच्छौरा, पाउरो, झम्फर लोप हुँदै जान थालेका छन्। समयको गतिसँगै मुगु जिल्लामा बाहिरी आयातित लत्ता-कपडा भित्रिन थालेपछि परम्परागत पहिरन लोप हुँदै जान थालेका हुन्। स्थानीय स्तरमा उत्पादित कपासले राम्रो मूल्य नपाएपछि र उत्पादनमा लाग्ने मूल्यभन्दा बाहिरी […]
सिन्धुपाल्चोक– तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने मौलिक वेशभूषा श्यामा कपडा यो समुदायमा लोकप्रिय मानिन्छ । श्यामा बुनेर नै जीवन चलाएका वृद्धा महिलाहरूको परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गरेपछि भने यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ । हातले बुनिएको श्यामा कपडा हिजोआज मुस्किलले मात्र पाइन्छ । सिन्धुपाल्चोकको विकट बस्ती पाँचपोखरी थाङ्पाल गाउँपालिका-४ […]
ओखलढुंगा । ओखलढुंगामा खाडीका कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको छ । कच्चा पदार्थको अभावमा परम्परागत विधिबाट सीमित महिलाले मात्रै बुन्दै आएका छन् । पहिले गाउँघरमा घरैपिच्छे खाडीका कपडा बुन्ने चलन भए पनि आयातित कपडाको प्रभावका कारण अहिले यो चलन हराइसकेको मानेभञ्ज्याङ गाउँपालिका–४ ध्याप्लु गाउँकी ६३ वर्षीया असारमाया राईले बताउनुभयो । जिल्लामा खाडीका कपडा […]
असोज ३०, गलेश्वर(म्याग्दी) । दशैंको पहिलो दिन घटस्थापनादेखि नै टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन ।
बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैं आएको संकेत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन् ।
पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको बेनीबजारका श्याम हुमेनले बताए । ‘घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो’, हुमेनले भने ।
आजभोलिजस्तो संगीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोलटोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दशैंको महत्व बढाउने गर्दथ्यो । तर, आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइने उनको भनाइ छ ।
सूचना र सञ्चारको विकाससँगै युवाहरु आधुनिक पाश्चात्य संस्कृतितर्फ आकर्षित भएका कारण धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नभएकाले नै मालश्री धुन सुनिन छाडेको बगरफाँटका ८६ वर्षिय वेदप्रसाद उपाध्यायले बताए ।
पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको गाउँघरमा सुनिन छोडेको उनको भनाइ छ ।
केही बूढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर्नसक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको जानकारहरु बताउँछन् । नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे बताउँछन् ।
किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ ।
त्यसैगरी दशैंमा चंगा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ । मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा दशैंमा उडाउने गरिएको चंगा पछिल्लो समय खुला आकाशमा रङ्गमय चंगा उडेको कतै नदेखिएको मालिकाका शिद्ध पुनले बताए ।
अहिलेका युवा पुस्ता मोवाइल, ट्याबलेट, ल्यापटपजस्ता सूचना प्रविधिका साधनहरुमार्फत मनोरञ्जन प्राप्त गर्ने होडबाजीमा लागेका कारण चंगा उडाउने चलन लोप भएको जानकारहरु बताउछन् । अग्ला अग्ला भवन ठडिएका कारणले पनि चंगा संस्कृति लोप हुँदै गएको उनीहरुको भनाइ रहेको छ ।
दशैंलाई मासुका परिकार खाने, साथी संगातीहरु भेट हुने,रमाइलो गर्ने, नयाँ कपडा लगाउने र चंगा उडाउने पर्वका रूपमा मानिन्छ । केही वर्षअघिसम्म तिजको लगत्तै आकाशमा रङ्गीबिरङ्गी चंगा उडेको दृश्य देखिन्थ्यो तर यो पटकको दशैंमा एउटै चंगा उडेको आफूले नदेखेको बेनीका युवा किशोर श्रेष्ठले बताए ।
मनोरञ्जनका सामग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चंगा उडाउनेभन्दा पनि त्यही मनोरञ्जनका सामग्रीमै रमाउनु र चंगा उडाउन खुला ठाउँ अभाव हुँदा घरको छतबाट चंगा उडाउँदा दूर्घटना हुन थालेपछि अहिले यसप्रतिको आकर्षण घटेको खबराका राजाराम शर्माले बताए । अचेल लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ । रासस
उदयपुर : पहाडी भूभागमा खानेपानीको परम्परागत स्रोत हो पँधेरो र कुवा। तर, पछिल्लो समयमा गाउँमा पानीका यी स्रोतहरू लोप हुँदै गएका छन्। तीन दशक अघिसम्म पँधेरो जानेभन्दा पानी लिन मात्र होइन, नुहाउन, कपडा धुन र गाउँघरमा गतिविधि थाहा पाउन, गाउँका समान्य विषयमा समेत बातचित गर्ने केन्द्रको रूपमा पँधेरो नै हुने गर्दथ्यो। पँध...
चार दशकअघिसम्म धनकुटाको खाल्सा क्षेत्रका प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो । त्यस बेला उद्योगबाट उत्पादन भएका कपडाको विकल्पका रूपमा सबैले यही कपडा प्रयोग गर्थे । गाउँघरमै पाइने कच्चा पदार्थ र परम्परागत सीपबाट खाँडी कपडा उत्पादन हुन्थ्यो । गाउँघरमै उत्पादन भएको कपासबाट धागो कातेर खाँडी कपडा बुनिन्थ्यो । खाँडी बुन्ने तान स्थानीय रूपमै बनाइन्थ्यो र परम्परागत रूपमा सीप हस्तान्तरण हुँदै आएको थियो तर अहिले खाँडी बुन्न जान्ने मान्छे भेट्न मुस्किल हुँदै आएको छ ।
दक्षिणी क्षेत्रका गाउँपालिकामा अविवाहित युवतीले लगाउने पोसाक (दौडा) लोप हुने अवस्थामा पुगेको छ। युवतीको पहिचानका रूपमा यो पोसाक रहेको भए पनि पछिल्लो समय युवतीहरू आधुनिक पोसाकप्रति आकर्षित हुन थालेपछि यो कपडा देख्नै मुस्किल हुने गरेको हो।
हिमाली जिल्ला हुम्लामा पुर्ख्यौली पेशा राडीपाखी ब्यवसाय लोप हुने अवस्थामा पुगेको छ । केही वर्ष अगाडी उनबाट बुनेर लिउ, फेरुवा, बख्खु, राडिपाखी, लाम, दोच्छा लगायत अन्य उत्पादनले कपडाको सबै माग...पूरा पढ्नुहोस् »