कपास खेती हराएपछि परम्परागत पहिरन लोप हुँदै

कुनै बेला कपास खेतीको उर्वर भूमि मानिने मुगुको सोरु गाउँपालिकामा कृषकहरूले कपास खेती गर्न छाडेपछि परम्परागत पहिरन आँगो, घांग्रो, पच्छौरा, पाउरो, झम्फर लोप हुँदै जान थालेका छन्। समयको गतिसँगै मुगु जिल्लामा बाहिरी आयातित लत्ता-कपडा भित्रिन थालेपछि परम्परागत पहिरन लोप हुँदै जान थालेका हुन्। स्थानीय स्तरमा उत्पा‍दित कपासले राम्रो मूल्य नपाएपछि र उत्पादनमा लाग्ने मूल्यभन्दा बाहिरी […]