बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्ष एमालेले अवरोध अन्त्य गरेको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७९ लाई छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै पुनः ३० मिनेटपछि बस्ने गरी बैठक स्थगित गरिएको छ ।बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १२ गते बैठक अवरुद्ध गरेको थियो । अवरुद्ध संसद सञ्चालनका लागि सभामुख सानुकुमार श्रेष्ठको सक्रितामा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि आज बैठक सञ्चालन भएको थियो ।एमाले र