काठमाण्डाै - भारतमा आजदेखि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।
आजदेखि देशभर सुरु हुने दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकामा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने खबरमा उल्लेख छ । तर, निजी अस्पतलामा लगाइएको कोरोनाविरुद्धको खोपका लागि भने नागरिक आफैँले शुल्क तिर्नु पर्नेछ ।
यसका लागि एक डोजका लागि नागरिकले २५० भारतीय रुपैयाँ तिर्नु पर्नेछ ।...