बालिकाको हत्या अभियोग लागेकी माता उमा शाही ठकुरीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । उनीसँगै उनकी एक जना सहयोगी युवतीलाई पनि सुधारगृह पठाएको छ ।
पुष २५ गते नागार्जुन नगरपालिका– १ पानी ट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् ।
एक महिना अगाडि अगाडि टाउकोमा समस्या देखिएपछि आफन्तको सल्लाहका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नरपालिका–२ भ...