बालिकाको हत्या गर्ने भारतीय नागरिक जेल चलान

बाँकेमा एक चौध वर्षीया बालिकाकाे कर्तव्य ज्यान मुद्दाका एक भारतीय नागरिक कारागार चलान भएका छन् । डुडुवा गाउँपालिका वडा नं. १ टेपरीका श्यामलाल चमारको १४ वर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जिल्ला बहराइच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागञ्ज भारतका ३० वर्षीय महेश चौहानलाई बाँके जिल्ला अदालतले सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

बालिका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

बाँकेमा बालिकाको हत्या गर्ने एकलाई अदालतले कारागार चलान गर्न आदेश दिएको छ  । डुडुवा गाउँपालिका १ टेपरीस्थित रामकुमार बाहुनको खेतमा कार्तिक १४ गते १४ वर्षीया रिता हरिजन भन्ने शिलावती चमारलाई मुख थुनेर हत्या गरेको आरोप लागेका ३० वर्षीय भारतीय नागरिक महेश चौहानलाई अदालतले पुर्पक्षका लागि कारागर चलान गरेको हो ।