२६ साउन, काठमाडौं । सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी यथाशक्य छिटो दिन सरकारलाई रुलिङ गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् । उनले यो घटनामा आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । […]