प्रतिनिधि सभाका लागि काठमाण्डौ क्षेत्र नम्बर १ मा ३२ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि सत्तागठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह हुनुहुन्छ । त्यस्तै एमालेका तर्फबाट किरण पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट रवीन्द्र मिश्र हुनुहुन्छ । मिश्र यसअघि २०७४ सालमा भएको संसदीय चुनावमा पनि सिंहको मुख्य प्रतिस्पर्धी हुनुहुन्थ्यो । मिश्र ८ सय १८ मतको झिनो मतान्तरले पराजित हुनुभएको थियो । सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्रले १० हजार ८ सय १८ मत प्राप्त गर्नु भएको थियो ।
...