काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्।सोमबार काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरूपण सही हुने बताए। उनले समाज नबुझीकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सीमित हुने उल्लेख गरे।डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पाद