अष्टलक्ष्मी शाक्यको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद गठन

बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन् । बुधबार नै डोरमणि पौडेलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया थालिएको थियो । एमाले विभाजन भए

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक जारी

२१ पुस, काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

रवि लामिछाने उपप्रधान सहित गृहमन्त्री, अरुले के पाए ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

प्रदेश १ मा आजै मन्त्रीमन्डल विस्तारको तयारी

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का प्रदेश संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ ।  मुख्यमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुलाई पनि सपथ गराउने तयारीमा गठबन्धन दलहरु जुटेका हुन् ।  मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको तर्फबाट १/१ जना गरी ५ सदस्यीय मन्त्रिपरिषद गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए ।  मन्त्रीहरूमा कांग्रेसबाट उप नेता हिमाल कार्की र प्रमुख सचेतक क...