काठमाडौँ- साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन् । डेंगु संक्रमणका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेल गुमाउने भएकी हुन् । ‘हिजो पजिटिभ देखियो । अहिले अवस्था सामान्य छ । होटेलमै विश्राम गरिरहेको छु,’ सावित्राले भनिन् । चार दिनदेखि ज्वरोको कारण उनी टिमको प्रशिक्षण सामेल भएकी थिइनन् […]