सिन्धुपाल्चोक : जनै पूर्णिमाको अवसरमा सिन्धुपाल्चोकका विभिन्न देवालय तथा पोखरीहरूमा विशेष मेला लाग्ने गर्दछन्। ती विशेष मेलाहरूलाई थप विशेष बनाउने काम भने भोम्बो नाचले गर्दछ। विशेषगरी तामाङ समुदायका झाँक्रीहरूले नाच्ने नाच भएकोले यसलाई भोम्बो नाचको नामले चिनिएको हो।जनै पूर्णिमाको दिन पाँचपोखरी थाङपाल गाँउपालिकाको पाँचपोखरी र रैथाने पोखरी, इन्द्रावती गाँउपालिकाको नौलिङ महादेव, भोटेकोशी गाँउपालिकाको भैरवकुण्ड तथा चौतारा साँगाचोकगढी नगरपालिकाको रानीपोखरीमा विशेष मेला लाग्दछ।ती मेला भर्न सिन्धुपाल्च