काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि सहयोग आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ। कोषमा नेपाली रुपैयाँ र अमेरिकी डलर गरी उक्त रकम मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। नौ […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच प्रमुख प्रशासकीय अधिकृतसहित नौ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाएको हो। सरुवा गरिएकामध्ये विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत पाँच […]
फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि दुबई-पोखरा-दुबई नियमित उडान सुरु गर्ने भएको छ। दुबईबाट आएको जहाज सेप्टेम्बर २३ मा साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। पहिलो उडानलाई पोखरामा पानीको फोहरासहित स्वागत गरिनेछ। यात्रु ओरालेपछि जहाज साँझ ७ः१५ बजे यात्रु तथा कार्गोसहित दुबई फर्कने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए। […]
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि तीन समिति गठन गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले अनुशासन समिति, विधान मस्यौदा समिति र सदस्यता व्यवस्थापन समितिका संयोजक मनोनयन गरेका हुन्। जसअनुसार अनुशासन समितिको संयोजकमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिको संयोजकमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिको संयोजकमा किरणराज […]
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले आ–आफ्नै मितिमा गर्न लागेको महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ। क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च पुगेका थिए। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार महाधिवेशनसँग सम्बन्धित एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन […]