असोज ७ देखि पोखरा-दुबई नियमित उडान, फ्लाई दुबईलाई पानीको फोहराले स्वागत गरिने

फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि दुबई-पोखरा-दुबई नियमित उडान सुरु गर्ने भएको छ। दुबईबाट आएको जहाज सेप्टेम्बर २३ मा साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। पहिलो उडानलाई पोखरामा पानीको फोहरासहित स्वागत गरिनेछ। यात्रु ओरालेपछि जहाज साँझ ७ः१५ बजे यात्रु तथा कार्गोसहित दुबई फर्कने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए। […]