वैशाख १३, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले कम्पनी सचिवमा परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानून अधिकृत बोध लाल पुरीलाई नियुक्त गरेको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
साथै, सोही बैठकले यो भन्दा अगाडीका कम्पनी सचिव बालमुकुन्द रुपाखेतीले दिएको राजिनामा पनि स्वीकृत गरेको छ ।
कम्पनीको प्रशासन विभाग प्रमुख सहायक महाप्रबन्धक रुपाखेतीले कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । रुपाखेतीले व्याक्तिगत कारण देखाई राजिनामा दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।