काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यानचाओको नेपाल भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताएका छन्।बुधवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले विदेशीहरूले चीनविरुद्ध नेपाली भूभाग प्रयोग गर्ने हुन् कि भन्नेमा चीन चिन्तित रहेको बताए। उनले विदेश विभाग प्रमुख लिउको भ्रमण उक्त कुरा जाहेर गर्नका लागि भएको दाबी गरे। उ