सोलुदूधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार विजयी

४ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नांगेल जाङबु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले ४ हजार ८६८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पाले ४ हजार २९० मत पाए । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ङिमा तेण्डुप शेर्पाले १ हजार १८७ मत प्राप्त गरे । यस्तै […]

सम्बन्धित सामग्री

इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी निर्वाचित

५ जेठ, सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ८२४ मत ल्याउँदा एमालेका पोखरेलले ९ हजार ५३ मत मात्र पाए । […]

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रुपन्देही - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस तथा उपमेयरमा एमाले विजयी भएको छ । यसअघिको चुनावमा एमाले विजयी भएको नगरमा यस पटक भने कांग्रेस उम्मेदवार ईस्तियाक अहमद खान मेयर पदमा निर्वाचित हुनु भएको हो । उहाँले ९ हजार १ सय ३४ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो । उपमेयरमा भने एमालेकी उमा अधिकारी ८ हजार ८ सय १३ मत प्राप्त गरी विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्दी राप्रपाकी बिनिता गुप्ताले ६ हजार ५४४ मत ल्याउनु भयो ।

पुतलीबजारको मेयर र उपमेयर दुवैमा कांग्रेस उम्मेदवार विजयी

३ जेठ, वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा तुलसीराम रेग्मी र उपमेयरमा देवी अर्याल निर्वाचित भएका हुन् । रेग्मीले २ हजार ४०४ मत अन्तरले निवर्तमान मेयर समेत रहेकी नेकपा एमालेका उम्मेदवार सीताकुमारी क्षेत्रीलाई पराजित गरे । उनले १२ हजार ४९४ मत ल्याउँदा क्षेत्रीले […]

घोराही उपमहानगरपालिकामा एमालेको अग्रता

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका एमालेले अग्रता कायम गरेका छ।  ३६ हजार ३१ मत गणना गर्दा एमालेका मेयर उम्मेदवार मेयर नरुलाल चौधरीले १३ हजार १ मत ल्याएर अग्रता कायम गरेका हुन्। पाँच दलीय गठबन्धनको तर्फबाट  माओवादी केन्द्र उम्मेदवार हेमराज शर्माले ११ हजार १ सय ७४ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार भुपबहाडुर डाँगीले  १२ हजार ४ सय ५० मत ल्याएका छन्। भने एमालेकी  हुमाकुमारी डिसिले १२ हजार ५ सय २२ मत ल्याएकी छन्।

डोल्पाको ठूलीभेरी नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । डोल्पाको ठूली भेरी नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका सुवर्ण कुमार बुढाले १ हजार २८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी कर्ण बहादुर रोकायाले ९४५ मत प्राप्त गरेका थिए । यसैगरी उपमेयरमा पनि कांग्रेसकै छिरिङ टोल्मा महत विजयी […]

विराटनगर महानगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार जारी मतगणनामा कोइरालाले चार हजार पाँच सय ३१ मत ल्याएका...

कागेश्वरी मनोहरामा एमालेले कांग्रेसलाई उछिन्यो

३१ वैशाख, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवारलाई नेकपा एमालेले उछिनेको छ । ५०२ मत गणना हुँदा एमालेका मेयर उम्मेदवारले २३८ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार २३२ मत सहित एमालेलाई पछ्याएका छन् । दुई प्रतिस्पर्धीबीच ६ मतको अन्तर छ । उपमेयरमा एमालेले सुरुदेखि नै अग्रता लिएको छ । उपमेयरमा एमाले उम्मेदवारले […]

तीन महानगरमा कांग्रेस उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले तीन महानगरपालिकामध्ये एकमा पुराना र दुई महानगरमा नयाँ अनुहारलाई मेयर पदको टिकट दिएको छ । कांग्रेसले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकमार्फत सत्ता गठबन्धनबाट आफ्नो भागमा परेका ६ मध्ये तीन महानगरमा उम्मेदवारको टुंगो लगाएको हो । – चिरिबाबु दोहोरिए, अरू नयाँ – भागबन्डामा टिकट जसअनुसार ललितपुर महानगरको […] The post तीन महानगरमा कांग्रेस उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.

धरान नगर कांग्रेसमा नेतृत्वका लागि रस्साकस्सी

कम्युनिस्टको गढ धरानमा गत स्थानीय तह उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवारलाई हराउँदै पहिलोपटक कांग्रेस उम्मेदवार तिलक राईले मेयर जितेका थिए । त्यसैले पनि धरानमा कांग्रेसको नेतृत्वमा पुगेर आगामी स्थानीय तह निर्वाचनबाट पनि स्थानीय सरकारमा कब्जा जमाउने दा...