अब सोलार आयोजनाहरुको विद्युत् खरिद सम्झौता (पीपीए) प्रतिस्पर्धाका आधारमा हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको आइतबारको बैठकले सोलारको विद्युत् खरिद गर्दा आधार दर तोकेर प्रतिस्पर्धाबाट मात्रै पीपीए गर्ने निर्णय गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।