इलाम : राष्ट्रिय जनमुक्ति पार्टीले २०६६ सालदेखि हरेक वर्ष साउन २२ गतेलाई कालो दिन भन्दै एकदिने लिम्बुवान बन्द गर्दै आएको छ। ०६६ मा राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान राज्य परिषदले साउन २२ गतेलाई पहिलोपल्ट ‘कालो दिन’ भनेर घोषणा गर्यो।त्यही कालो दिन मनाउने क्रममा उसले (हिजो) आइतबार पनि अरुणपूर्वका ९ जिल्ला बन्द गरायो। बन्दको आंशिक प्रभाव पर्यो।जनमुक्ति पार्टीले लगातार सांकेतिक रुपमा बन्दको आहवान गर्दै आएको छ। तत्कालीन अरुण–सप्तकोशी पूर्वको लिम्बुवान वि.सं.