शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छ: मन्त्री भट्टराई

नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशको राजनीति कस्तो हुने भन्ने विषय शिक्षा र चेतनामा निर्भर हुने भएकाले अब शिक्षा प्रणालीबारे बहस हुन जरुरी रहेको बताएकी छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी पाठ्यक्रम’ शुभारम्भ कार्यक्रममा शनिबा। उनले हालसम्म राजनीति कस्तो हुने भन्ने विषयमै बहस केन्द्रित हुने गरेकोमा […]

सम्बन्धित सामग्री

झन्झन् खस्कँदो शैक्षिक स्तर

पुँजीवादी मुलुकले मात्र होइन साम्यवादी मुलुकले समेत शिक्षा क्षेत्रको सुधार गर्ने हेतुले अचेल लगानी बढाइरहेका छन् । नागरिकलाई प्रतिस्पर्धी, क्षमतावान् तथा सृजनशील बनाउन सके मात्र देश विकास हुने हो । यसको मुख्य आधार शिक्षा हो । शिक्षाले योग्य र सीपयुक्त जनशक्ति निर्माण गर्छ । अशिक्षित र अदक्ष नागरिकको सहाराले कुनै पनि मुलुक माथि उठ्न सक्दैन । मुलुकको समग्र प्रगतिका लागि त्यहाँको शिक्षा प्रणाली र सिकाइस्तर प्रभावकारी हुनु नितान्त जरुरी छ ।

‘सार्वजनिक शिक्षा प्रणाली सुधार्न त्रिकोणात्मक भूमिका अपरिहार्य’

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताएका छन् । शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसका अवसरमा सानोठिमीमा आयोजना भएको कार्यक्रममा उनले शिक्षाको गुणस्तर सुधार्न सरोकारवाला र अगुवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । नेपालको शिक्षा प्रणाली सुधार्न मन्त्रालय, शिक्षक सेवा आयोग र नेपाल शिक्षक महासङ्घको त्रिकोणात्मक भूमिका […]

शीपमूलक शिक्षाको पक्षमा

शिक्षा देशको समग्र विकासको आधार भएकाले यसको विकासमा सबै देशले जोड दिएका हुन्छन् । व्यक्तिको मात्र नभई राज्यको पनि समग्र विकासमा शिक्षा अत्यन्तै महत्त्वको विषय हो । आज शिक्षा समयानुकूल हुन नसक्दा बेरोजारी बढेको छ भने व्यावहारिक शिक्षाको अभावका कारण अनेकौं समस्या देखिएको छ । शीपमूलक र व्यावहारिक शिक्षा नहुँदा शिक्षा बेरोजगारी उत्पालन गर्ने कारखानाका रूपमा परिणत हुन पुगेको छ । राज्य शिक्षाबाट पन्छिन खोजेको देखिन्छ । सरकारी विद्यालयमा शिक्षाका लागि बजेट वृद्धि गर्नुपर्ने माग उठिरहेको छ । तर, सरकारले भने नसुनेझैं गरिरहेको छ । विगत ५ वर्षदेखि कुल बजेटको २० प्रतिशत रकम शिक्षाक्षेत्रमा विनियोजन गर्नुपर्ने आवाज चर्को रूपमा उठेको छ । तर, त्यसको सुनवाइ भएको छैन । हाल शिक्षामा विनियोजन गरिएको बजेटको नब्बे प्रतिशत त शिक्षकको तलबमा नै खर्च हुने गरेको छ । शिक्षाले मानवलाई सृजनशील, व्यावहारिक, समस्या सामना गर्न सक्ने र विवेकीसमेत बनाउँछ । हामी कृषि प्रधान देशका नागरिक हौं । तर, यहाँ विद्यालयमा कृषि विषयको न अध्यापन हुन्छ न त कृषि विश्व विद्यालय नै स्थापना हुन सकेको छ । विद्यालयमा कृषि विषय अध्यापन गराउँदै विविध खालका व्यावहारिक ज्ञान दिलाउने कार्य गर्न सकिरहेका पनि छैनौं । कम्तीमा पनि बाह्र कक्षा पार गरेपछि आफै केही काम गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने हो । तर, यो कार्य हुन सकेको छैन । देशका विभिन्न स्थानमा प्राविधिक शिक्षालय नभएका होइनन् । तर, त्यसबाट पनि अपेक्षित रूपमा स्वरोजगारी सृजना गर्न सक्ने नागरिक तयार गर्न हामी चुकिरहेका छौं । हामी अहिले पनि राष्ट्रिय शिक्षा प्रणाली २०२८ कै वरिपरि घुमिरहेका छौं ।   समयअनुसारको वैज्ञानिक, आधुनिक अनि व्यावहारिक शिक्षा प्रणाली लागू गर्नुपर्नेमा त्यो भने हुन सकेको छैन । समयको मागलाई ख्याल गर्दै शिक्षामा पनि व्यापक रूपमा परिवर्तन गर्नुपर्ने हुन्छ । राज्यले शिक्षाको विकासमा ध्यान केन्द्रित गर्नुपर्छ । निजीक्षेत्रलाई अगाडि सारेर शिक्षाबाट राज्य पन्छिन मिल्दैन । सरकारी विद्यालय निःशुल्क भनिए पनि विभिन्न शीर्षकमा शुल्क लिने कार्य भएरहेको छ जुन गैरकानूनीसमेत हो । विद्यालय जाने उमेरसमूहका लाखौं विद्यार्थी अहिले पनि विद्यालय जान सकेका छैनन् । यसको मुख्य कारण गरीबी नै देखिन्छ ।   गरीबी निवारण नभएसम्म शिक्षाको पहँच सबै नागरिकमा पुर्‍याउने कार्य सम्भव देखिँदैन । हामीले अझै पनि विद्यार्थीकेन्द्रित शिक्षा बनाउन सकेका छैनौं । अब हामीले गर्नुपर्ने पहिलो काम भनेको विद्यार्थीलाई केन्द्रमा राखेर नीति निर्माण गरी उनीहरूलाई समयसापेक्ष शिक्षा प्रदान गर्न सक्नुपर्छ । विद्यालयको स्रोतसाधन तथा निर्णय विद्यार्थीको हितमा छ कि छैन हेर्नुपर्छ, जसले शिक्षाको सही गति निर्धारण गर्छ । वास्तवमा यो विद्यालय सुधारका लागि गुरुमन्त्र नै हुनेछ । अनुशासन सजाय होइन यो त आत्मनियन्त्रण हो भन्ने बुझाउन सकेनौं । विद्यालयमा आज पनि डरत्रास, धम्कीले गर्दा हजारौं विद्यार्थी तनावमा परेका छन् । आज पनि विद्यालय विद्यार्थीमैत्री बन्न सकेका छैनन् । विद्यार्थीलाई अध्ययन गराइने पाठ्यक्रमा भने विद्यार्थीमैत्रीका पाठहरू समेटिएका छन् । तर, व्यवहारमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन । मानव सर्वश्रेष्ठ प्राणी र बुद्धिमान भएकै कारण आत्मअनुशासन जगाउनु उत्तम हुन्छ । आत्मअनुशासनको आन्तर्य निरन्तर सुधारमा विश्वास गर्नु हो । विद्यार्थीलाइ पिट्ने, थर्काउने, तर्साउने गर्दै लाद्ने अनुशासनले अब समाधान दिन सक्दैन । हामीले विद्यालयको वातावरण यस्तो निर्माण गर्नुपर्छ कि विद्यार्थीले आफै पालना गरून् । लादिने अनुशासन सजिलो छ तर आत्मअनुशासन कठिन छ । अर्को महत्त्वपूर्ण सवाल भनेको सामाजिकीकरण वा समानुभूतिको अभाव हो । आज हामी व्यक्तिगत रूपमा सफल छौं, तर सामूहिक रूपमा असफल छौं किनभने हाम्रा विद्यार्थीलाई हामीले सामूहिक भाव सिकाएका छैनौं । एकअर्काप्रति प्रेम, विश्वास, आदर, हेरचाह हाम्रो सिकाइ बन्न सकेको छैन । हाम्रा विद्यालयले प्रतिस्पर्धाको भावना घटाएर सामूहिक भाव जगाउन सकेको भए असफलताको भूत डिप्रेशन र आत्महत्या पनि घट्थ्यो कि ? हाम्रा शिक्षालयले तिमीहरू महत्त्वपूर्ण छौ र तिमीहरू सक्छौ भन्ने भाव नै दिन सकेको छैन । हामी सुसंस्कृत समाज निर्माण गर्न, समानतामा आधारित समृद्धि प्राप्त गर्न चेतनशील, विवेकशील नागरिक निर्माण गर्न चाहन्छौ भने अब हामीले विद्यालयको पुनर्निर्माण गर्न जरुरी छ ।   शिक्षामा जति मात्रामा लगानी भएको छ त्यसको उपलब्धि लिन हामी असफल भइरहेका छौं । आजका विद्यार्थीमा नैतिकता, इमानदारी, सहयोग, सद्भावजस्ता मानवीय गुण हराउँदै गएका छन् । वर्तमान समयमा विद्यार्थीलाइ संस्कार सिकाउनु जरुरी भएको छ, यसको अभावमा कुनै पनि व्यक्ति असल नागरिक बन्न सक्दैन । आजका सबैजसो विद्यालय कुनै दूरदृष्टि र लक्ष्यविना चलिरहेका छन् । जुन विद्यालय आधारभूत मूल्यमान्यताको जगमा उभिएका छन् तिनै मात्र सफल भएका छन् । आजको हाम्रो शिक्षा शीपमूलक हुन नसक्दा समस्या सृजना भइरहेको छ । चिनियाँ उखानझैं हुनुपर्छ, माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउनुपर्छ । कम्तीमा पनि एउटा तह पार गरेपछि उसले आफै कुनै काम गर्न सकोस् । यदि हामीले शीपमूलक शिक्षा प्रदान गर्न सकेका भए बेरोजगारीको यो अवस्थाको सामना गर्नुपर्ने थिएन । अबका दिनमा हामीले शिक्षामा भएका कमजोरीलाई हटाउँदै यस क्षेत्रमा लगानीको मात्रा पनि बढाएर थप उपलब्धि प्राप्त गर्न सक्छौं । शिक्षाको विकासका लागि नीति निर्माणको तहदेखि नै निकै ध्यान दिनुपर्ने हुन्छ । समयसापेक्ष पाठ्यक्रम राख्ने, शिक्षामा राजनीति नगर्ने, शीपमूलक शिक्षामा जोड दिने, व्यावहारिक शिक्षालाई विस्तार गर्नेजस्ता सुधारका कार्य गर्नुपर्ने खाँचो रहेको देखिन्छ । देशको समग्र विकासको आधारका रूपमा रहेको शिक्षालाई समयसापेक्ष बनाउँदै लैजानु आजको मुख्य आवश्यकता पनि हो । लेखक विश्वशान्ति कलेजमा समाजशास्त्र अध्यापन गर्छन् ।

हिजोको शिक्षा प्रणाली आज काम लाग्दैन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हिजोको शिक्षा प्रणली आज काम नलाग्ने भन्दै समयसापेक्ष शिक्षा प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रध्यापक सङ्घको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शनिबार धनगढीमा आयोजित ‘रिसर्च मेथोडोलोजी टेर्निङ’ र नेपालमा उच्च शिक्षाको अवस्था र चुनौती तथा सामदायिक क्याम्पसहरुको अवस्था र चुनौती विषयक गोष्ठीको उद्घाटन समारोहमा मुख्यमन्त्री …

‘अनलाइन कक्षा मात्र दिगो समाधान हैन, विकल्प जरुरी छ’

अनलाइन कक्षा छ यो चाहिँ दिगो समाधान होइन । शिक्षालाई प्रविधिसँग जोड्ने प्रणाली त हो यो तर अहिलेको दिगो समाधान भने होइन । यस्तो महामारीको बेलामा वैकल्पिक तरिकाहरु धेरै हेर्नुपर्दछ । तर हामी पहिलेदेखि नै यसमा अभ्यस्त हुन सकेनौँ । गत साल अनलाईन शिक्षा प्रणाली किन असफल भयो भने शिक्षक पनि त्यसमा अभ्यस्त हुन सक्नुभएन , बिद्यार्थी पनि त्यसमा अभ्यस्त हुन सकेनन् र संरचनाको पनि अभाव देखियो । तर प्रबिधिलाई कसरी शिक्षासँग जोड्ने केही अवसर पनि हामीले पाएका थियौँ । तर यो अवसर सबै बालबालिकाका लागि समतामुलक हुन सकेन । धनि परीवार र शहरमा बसेका बाहेक अरु बालबालिकाका लागि यो प्रभावकारी भएन । ८० प्रतिशत बालबालिका जो ग्रामीण मसुदायमा छन् तिनिहरुमध्ये थोरै ले मात्र यसको उपयोग गर्न पाए । तर प्रभावकारी भने देखिएन । छात्रवृत्तिको तरीकाबाट पनि यसमा समानता ल्याउन सकिन्थ्यो तर त्यसो हुन सकेन । अहिलेको समयमा अभिभावकले रोजगारी पनि गुमाएको हुन्छ त्यसरकारण ल्यापटप, मोबाईल किन्न पनि सक्दैनन् । हामीले खाली अनलाईन शिक्षा मात्र भन्यौँ तर यसको बारेमा केहि अध्ययन नै नगरेकाले पनि यो अवस्था आएको हो ।

कर्णालीको जडीबुटी र पर्यटन पाठ्यक्रममा समावेस गरिनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको शिक्षा व्यवहारिक र सर्भसुलभ बनाउनु पर्नेमा जोड दिएका छन्। अहिलेको शिक्षा व्यवहारिक नभई घोगन्ते भएको भन्दै मुख्यमन्त्री शाहीले शिक्षा प्रणाली पनि समय सापेक्ष परिवर्तन हुन जरुरी रहेको बताएका हुन्। सुर्खेतको वीरेन्द्रनगरमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव संकलन गर्न...