मनहरा खोलामा बाढी : किनारका घर र पशु फार्म डुबानमा

अविरल वर्षाको कारण मनहरा खोलाको बहाव बढ्दा किनाराको बस्ती डुबेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बंगुर फर्म बगाएको छ । सो फर्म सुनसरी घर भएका हरि राईले संचालन गरेका हुन् । दुवोकाट बेशीमा खोला किनारका २० वटा घर टहरा डुबाएको छ । चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोट बेशीबाट ४ जनालाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । दिव्यश्वरी प्लानिङ स्थित अमर लामाको बंगुर फर्मबाट ५ सय हाँस, २

सम्बन्धित सामग्री

विपतपछिको पुनर्निर्माण

दशा बाजा बजाएर आउँदैन भन्ने नेपाली भनाइ छ । अनेक खालका विपत् दशा मात्र होइनन्, महादशा नै भन्नु पर्छ । असोज १२ गते र वरपर नेपालीका निम्ति महादशा नै बनेर आयो । मनसुन सकिने बेलामा घनघोर वर्षाले बाढीपहिरो र डुबान ल्यायो । जनधनको ठुलो क्षति पुग्यो । राजधानी उपत्यकाकै कतिपय वस्ती डुबानमा परे । खोला तथा नदी किनारका अधिकांश जस्तै बस्तीका घर घरमा पानी तथा बाढी पस्यो । ललितपुरका नख्खु क्षेत्रमा बढी नै क्षति भयो । पहिरोले राजमार्ग अवरुद्ध भए ।

बाढीले राजधानीकै बस्ती डुबानमा

काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश नदी र खोला किनार अतिक्रमण हुँदा बाढी र डुबान भएको छ । मङ्गलबार मध्यरातदेखि परेको पानीको सहज निकास नहुँदा तिनै जिल्लाका नदी र खोला किनारका बस्तीमा डुबान भएको हो । विशेष गरी बागमती, रुद्रमती (धोबीखोला), मनोहरा, हनुमन्ते, महादेव खोला, गोदावरी खोलासहित सबै नदी खोलामा बहाव बढ्दा सयौँ घर र बस्ती डुबानमा परेका हुन् । बाढीमा परेर काठमाडौँमै एक व्यक्तिको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जलस्रोतविद् दीपक ज्ञवालीले काठमाडौँ उपत्यकामा बागमती नदीसहित सबै खोलामाथि बस्ती विस्तार गर्दाको परिणामस्वरूप बहाव क्षेत्र साँघुरिएर डुबान भएको बताउनुभयो ।

जलमग्न काठमाडौं (ड्रोनबाट खिचिएको तस्वीर र भिडियो)

२२ असार, काठमाडौं । शनिबार काठमाडौंका नदी तथा खोलाहरुमा बाढी आउँदा वरपरका घर, सडक र संरचनाहरु पनि डुबानमा परे । मनोहरा र वाग्मतीमा आएको बाढीका कारण मुख्य गरी ललितपुर र काठमाडौंमा नदी किनारका धेरै संरचनाहरु …

नारायणी नदीले गैँडाकोटमा २५ वटा घर डुबानमा

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-२ को नारायणी किनारका २५ वटा घर डुबानमा परेका छन् । नारायणी नदीको बाढी बस्तीमा पस्दा बोटेटोल जलमग्न भएको छ ।

देशैभरका नदी तथा खाेलामा जलसतह बढ्याे, कञ्चनपुरमा १ सयभन्दा बढी घरमा पानी पस्यो

काठमाण्डाै – अविरल वर्षाका कारण काठमाण्डाै उपत्यकासँगै देशैभरका नदी तथा खोलामा जलसतह बढेको छ । गए रातिदेखि निरन्तर परिरहेको पानीले बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासका केन्द्रमा ठूलाे वर्षा हुँदा बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीमा बाढी आएको हो । नदी तथा खोलामा बाढी आएपछि नदी किनारका घर पसलमा पानी पसेको छ । बनेपा, भक्तपुर, टेकु, सामाखुसी, अनामनगर, बानेश्वर, धुम्बाराही तरकारी बजार, बल्खु तरकारी बजारलगायतका बजार डुबानमा परेका छन् । बस्तीहरू जलमग्न भएपछि सर्वसाधारण यति बेला आ...

मनोहरा किनारका बस्तीमा बाढी

मंगलबार साँझको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले आसपासका क्षेत्रमा डुबान र कटान गरेको छ । वरपरका बस्ती डुबानमा परेका छन् भने केही घर टहराहरूमा क्षति पुर्‍याइएको छ । तर‚ मानवीय क्षति भने भएको छैन ।

काठमाडौँमा डुबान, १५ तस्बिरमा हेरौँ

मंगलबार राती काठमाडौ बागमती र मनोहरा नदी वरिपरि बाढीले वितण्डा मच्चाएको छ । बागमती नदी वरिपरिका किनारका वस्तीमा पनि बाढी पसेर भौतिक क्षति गरेको छ ।त्यस्तै मनोहरा नदी छेउमा रहेका पशु फर्म, घर, काँडाघारी प्रहरी प्रभाग पनि डुबानमा परेको छ । हेर्नुहोस् बागमती नदीमा आएको बाढी र काठमाडौमा त्यसले मच्चाएको वितण्डाका तस्बिर ।

फोटोफिचर: मनोहरा किनारका बस्तीमा बाढी

मंगलबार साँझको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले आसपासका क्षेत्रमा डुबान र कटान गरेको छ । वरपरका बस्ती डुबानमा परेका छन् भने केही घर टहराहरूमा क्षति पुर्‍याइएको छ । तर‚ मानवीय क्षति भने भएको छैन ।

काठमाडौंमा बाढी, नदी किनारका घर एक तलासम्म डुबे

२५ साउन, काठमाडौं । काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् । काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार […]