काठमाण्डाै – अविरल वर्षाका कारण काठमाण्डाै उपत्यकासँगै देशैभरका नदी तथा खोलामा जलसतह बढेको छ । गए रातिदेखि निरन्तर परिरहेको पानीले बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासका केन्द्रमा ठूलाे वर्षा हुँदा बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीमा बाढी आएको हो । नदी तथा खोलामा बाढी आएपछि नदी किनारका घर पसलमा पानी पसेको छ ।
बनेपा, भक्तपुर, टेकु, सामाखुसी, अनामनगर, बानेश्वर, धुम्बाराही तरकारी बजार, बल्खु तरकारी बजारलगायतका बजार डुबानमा परेका छन् । बस्तीहरू जलमग्न भएपछि सर्वसाधारण यति बेला आ...