३ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ । यससँगै भोलि आइतबार नै प्रतिनिधिसभाको बैठक बस्नेछ र संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुने भएको छ । माओवादी केन्द्रले राष्ट्रपतिमा समर्थन गर्दै १२ फागुनमै कांग्रेससँग सहकार्य सुरु गरेको थियो भने नेकपा एमालेले १५ फागुनमा समर्थन फिर्ता लिएर […]