म्याग्दी : विदेशी पाहुनासहित पहिलोपटक टिकोट हुँदै अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भ्रमणमा आएका विश्व भेगन अर्गनाइजेशनका ज्याक टिकोटको प्राकृतिक सुन्दरता देखेर मख्ख परे। यहाँको चिसो हावापानी,नजिकैबाट हिमालको दृश्यावलोकन, आर्गानिक खाना,पदयात्रामा देखिने रोमाञ्चकारी दृश्य, लगायतका कारण विदेशी पर्यटकहरु टिकोटमा एक दिन बसेर यहाँबाट दृश्यावलोकन गर्न रुचाउने उनले बताए।म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै