धौलागिरी पदमार्गका कारण टिकोट गाउँको मुहार फेरियो

म्याग्दी । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने बाह्य तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग सञ्चालनमा ल्याइएको हाे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका […]

सम्बन्धित सामग्री

सडकले फेरियो दुर्गम बोबाङ गाउँको मुहार

१५ पुस, ढोरपाटन। पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशक अघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पर्थ्यो। तर अहिले बोबाङमा यो समस्या छैन । पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै […]

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले फेरियो टिकोट गाउँको मुहार

म्याग्दी : विदेशी पाहुनासहित पहिलोपटक टिकोट हुँदै अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भ्रमणमा आएका विश्व भेगन अर्गनाइजेशनका ज्याक टिकोटको प्राकृतिक सुन्दरता देखेर मख्ख परे। यहाँको चिसो हावापानी,नजिकैबाट हिमालको दृश्यावलोकन, आर्गानिक खाना,पदयात्रामा देखिने रोमाञ्चकारी दृश्य, लगायतका कारण विदेशी पर्यटकहरु टिकोटमा एक दिन बसेर यहाँबाट दृश्यावलोकन गर्न रुचाउने उनले बताए।म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै

पाँच वर्षमै फेरियो गाउँको मुहार, एउटै गाउँमा आठ सडक

म्याग्दी : पाँच वर्षअघिसम्म पश्चिम म्याग्दीका बासिन्दालाई बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकिएर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौं जानुपर्ने बाध्यता थियो।मालिका २ रुम गाउँका बासिन्दा अहिले गाउँको स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा चढेर शहरका सुविधासम्पन्न अस्पतालमा जान पाएका छन्।५ वर्षअघि गाडी भेट्न पैदल हिडेर दरबाङ बजार झर्नुपर्थ्यो। दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर ल्याउनुपर्थ्यो। बिरामीलाई अस्पताल लग्न स्ट

पाँच वर्षमै फेरियो गाउँको मुहार : एउटा गाउँमा आठवटा सडक

–धु्रवसागर शर्मा / पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन् । रुम बासीका दुःख र पीडामा पछिल्ला पाँच वर्षको अवधिमा […]

सडक, बिजुली र खानेपानी पुग्दा फेरियो गाउँको मुहार

प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय सरकारले बिजुली पु¥याएपछि दुर्गम गाउँको मुहार फेरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय सरकारले बिजुली बिस्तार गर्दा बैतडीको सिगास गाउँपालिका –३, गाउँको मुहार फेरिएको हो ।

स्कुलको मुहार फेरियो, अब गाउँको मुहार फेर्न हेडसरको राजीनामा

रामेछाप । १३ वर्षअघि सन्तोष पौडेल निम्न माध्यमिक विद्यालयको राहत दरबन्दीको शिक्षक भएर अरुणोदय स्कुलमा जाँदा खेदका गह्राको छाप्रामा पढाउँथे । अहिले पक्की आधुनिक विद्यालय भवन समुदायलाई हस्तान्तरण गरेर उनी भने अब विद्यालयजस्तै आफ्नो गाउँ बनाउने भनेर राजीनामा दिएर हिँडेका छन् । रामेछापका लिखु तामाकोशी वडा नम्बर २ को सैपु फेदीस्थित अरुणोदय माविको मुहार फेर्ने […]

नवलपुरमा उद्योग सञ्चालन हुँदा गाउँको मुहार नै फेरियो

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग सञ्चालन हुँदा गाउँको मुहार नै फेरिएको छ । याे उद्योग सञ्चालनमा आएसँगै दुई हजार भन्दा बढी स्थानीयबासीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । साथै यहाँका महिलाले समेत काम गर्ने अवसर पाएका छन् । कोरोनाका कारण उद्योगहरु बन्द हुँदै गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । तर नवलपुरको […]

खानेपानी आयोजनाले फेरियो गाउँको मुहार

तेह्रथुम-पानीका मुहानहरू सुक्दा मानिस तथा पशु चौपयालाई पिउने पानीको जोहो गर्नै मुश्किल थियो । खानेपानी अभावकै कारण वर्षेनी दर्जनौं परिवार बसाइँ सर्नुपर्ने बाध्यता । खानेपानी पैंचौ लिनु पर्ने अवस्था थियो तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको सुक्खाग्रस्त क्षेत्रका नागरिकलाई ।नागरिकका समस्या सामाधानका निम्ति स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि दैनिकी फेरिन थालेको छ । गाउँगाउँमा पानी पुगेपछि […]

टुकी बाल्ने ठाउँमा बिजुली पुगेपछि फेरियो गाउँको मुहार

वैशाख ७, तनहुँ । टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा बिजुली बलेपछि स्थानीयवासी खुशी भएका छन् ।  बन्दीपुर गाउँपालिका–६ को खहरेटार, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी ११५ घरपरिवारमा विद्युत् विस्तार गरिएको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।   विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिरोको कारण ढिलाइ हुन गएको हो । उक्त क्षेत्रका सबै घरमा विद्युत् विस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युतीकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताए ।   जिल्लाको देवघाट र ऋषिङगाउँपालिकाका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उनले भने, ‘देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ उक्त वडामा विद्युत् जडानपश्चात् १५० बासिन्दा लाभान्वित हुने बताइएको छ । उनका अनुसार देवघाट गाउँपालिका–२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ ।  देवघाट–१ को केही भागमा बत्ती बालिसकेको र केही क्षेत्रमा जडानको कार्य भइरहेको छ । त्यसैगरी ऋषिङ गाउँपालिका–६ मा ट्रान्समिटर जडान गरी विद्युत् लाइनको विस्तार कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ ।  सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सहयोग गरेको हो । कतिपय स्थानमा सामान ढुवानी गरेर लैजान गाह्रो हुने भएका कारणले गर्दा पनि समयमा सम्पन्न गर्न नसकिएको आयोजनाले जानकारी दिएको छ ।  तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गर्ने कार्यक्रम रहेको छ । ती घरधुरीमा विद्युतीकरणका लागि रू. ८८ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । सोलार र टुकीका भरमा बस्दै आएका बन्दीपुर गाउँपालिका–६ खहरेटार, ढाप, थुमथुमेमा बत्ती बलेसँगै गाउँपालिका अन्धकारमुक्त बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।  व्यासनगरपालिका–१४ स्थित मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सौर्य ऊर्जा प्रयोग गर्दै आएका स्थानीयवासीको घरमा बिजुली पुगेपछि हर्षित भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।  उक्त क्षेत्रमा विद्युत् विस्तारसँगै वडा अन्धकारमुक्त बनेको छ । उनले भने, ‘अहिले घरघरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएको छ भने गाउँको मुहार फेरिएको आभास गराएको छ ।’  रासस