१५ पुस, ढोरपाटन। पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशक अघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पर्थ्यो। तर अहिले बोबाङमा यो समस्या छैन । पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै […]