काठमाडौंः कोरोना महामारीमै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै महामारीमै मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमै दुई रुपैयाँ बढाएको हो। यो मूल्य वृद्धिसँगै पेट्रोल लिटरको १२३ रुपैयाँ र डिजल तथा मट्टितेल १०६ रुपैयाँ कायम भएको…