भारतबाट पहिलो खेप युरिया मल नेपाल भित्रिने निश्चित भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले पहिलो खेपका लागि ३० हजार टन युरिया मल खरिद प्रक्रिया पूरा गरेको छ । जीटूजी सम्झौताअन्तर्गत पहिलो पटक मल किन्न लागिएको कम्पनीका महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले जनाए ।