प्रदेश २ मा ए डिभिजन फुटसल खेल्ने टोली भएन

अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रदेश २ मा ए डिभिजन राष्ट्रिय फुटसल लिगको छनौट रद्द गरेको छ । एन्फाका महासचिब इन्द्रमान तुलाधरले लिग खेल रद्द गरिएको जानकारी दिनुभएको छ । उहाँले प्राबिधिक कारणले प्रतियोगिता स्थगित भएको बताउनुभएको छ । लिग खेल चैत्त ८ गतेदेखि १२ गतेसम्म हुने निर्धारण गरिएको थियो । प्रदेश २ मा फुटबल खेल्ने स्तरीय रङशाला समेत नरहेको अवस्थामा एन्फाले हेटौंडामा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको थियो । एन्फाका प्रवक्ता किरण राईले ए डिभिजन फुटसल लिग खेल्न कुनै टोलीले नाम दत्र्ता नगराएपछि प्रतियोगिता नै स्थगित गर्नुपरेको बताउनुभयो ।

सम्बन्धित सामग्री

ए डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखराले हात पारेको छ।

राष्ट्रिय ए डिभिजन लिग फुटसल : क्यासल फाइनलमा, सबिन बाहिरियो

पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली स्पोर्टस् क्यासलले फाइनलको यात्रा तय गर्दा अर्को घरेलु टोली सबिन मेमोरियल फुटसल क्लब भने क्वालिफायर राउन्डबाट बाहिरिएको छ ।  लिग चरणका खेल सकिँदा...

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो ।क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गरे भने सुरज गुरुङ र विजय गुरुङले समान एक÷एक गोल गरे । राइ

घरेलु टोलीको लक्ष्य उपाधि

पोखरामा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय–'ए’ डिभिजन फुटसल लिगमा घरेलु टोलीले उपाधि लक्ष्य राखेको छ।...

‘ए’ डिभिजन फुटसल लिग दुई असोजदेखि

असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ‘ड्र’बाट सार्वजनिक गरिएको तालिकामा द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका हुन् । यस्तै दिनको दोस्रो खेल स्पोर्ट्स […]

‘ए’ डिभिजन फुटसल लिगको टाइसिट जारी

काठमाडौं, (नेस) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको टाइसिट जारी गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच आगामी असोज २ गतेबाट २२ गतेसम्म पोखरामा आयोजना हुने राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगका टाइसिट जारी गरेको हो । कुल १० टिमहरूको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् […]

ए डिभिजन फुटसल लिग : उद्घाटन खेलमा द राइजिङ क्लब र स्काई गोल्स भिड्ने

असोज पहिलो साताबाट पोखरामा आयोजना हुने  ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ...

ए डिभिजन फुटसल लिग स्थगित

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने भनिएको ए डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित हुने भएको छ। जेठ १ गतेबाट सुरु हुने भनिएको लिग कोभिड १९ बाट उत्पन्न प्रतिकुल परिस्थितिका कारण स्थगित गरिएको एन्फाले जनाएको छ। एन्फाले आज सूचना जारी गर्दै ए डिभिजन फुटसल लिग अर्को सूचना जारी…

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो । एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले […]

ए डिभिजन फुटसल लिग पोखरामा हुने

१२ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा ए डिभिजन फुटसल लिग आगामी वर्ष वैशाखमा पोखरामा हुने भएको छ । एन्फाले वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा फुटसल लिग आयोजना गर्ने जनाएको छ । एन्फा फुटसल कमिटीले गर्ने फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ […]