राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई 'तीर' चुनाव चिह्न प्रदान नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगलाई आदेश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा अल्पकालीन आदेश जारी गरेको हो ।