पाकिस्तानको उत्तरी भागमा रहेको स्वात उपत्यकामा पुरातत्त्वविद्हरूले दुई हजार वर्ष पुरानो बौद्ध मन्दिर फेला पारेका छन् ।
यो क्षेत्र पहिला गान्धार इलाकामा पर्थ्यो र पछि अलेक्जेन्डरले यसमा आक्रमण गरेका थिए । त्यसपछि त्यहाँ बौद्ध र ग्रिसेली कलाको मिश्रण देखिएको थियो ।
पुरातत्त्वविद्हरूले यो बौद्ध मन्दिर ईसापूर्व दोस्रो शताब्दीको हुन सक्ने बताएका छन् । त्यतिखेर गान्धारमा ग्रिसेलीहरूको शासन थियो ।
भगवान् बुद्धको महापरिनिर्वाणको केही सय वर्षभित्रै यो मन्दिर बनाइएको प्रमाणित हुने पुरातत्त्वविद्हरूको कथन छ । भगवान् बुद्धको समय ईस...