बाँदर र दुम्सीले मकै सखाप

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीका रामबहादुर भण्डारी २४सै घण्टा मकै लगाएको खेतमा भेटिन्छन्। मकै खेतीमा आउने बाँदरलाई रुङेर दिन बिताउने उनी राति दुम्सी लखेट्न खेतमा बस्छन्। मकै पसाउने बेलाबाट नै बाँदरले हैरान पारेको थियो। जसोतसो पालोअनुसार खेतमा बसेर बाँदर लखेट्दै जोगाएका मकै रातभरमा दुम्सीलाई सखाप पार्न थालेपछि हैरानी भएको रामबहादुरले दुखेसो पोख्छन्। ‘यस्तो त कहाँ जानिएको थियो र? पहिले पहिले बरु बाँदरले हो मकै खाने गरेको। दिउँसो लखेटेपछि जोगिन्थ्यो। अहिले त रातभर दुम्सी

सम्बन्धित सामग्री

बाँदरले मकै सखाप पार्न थालेपछि अर्घाखाँचीका किसान चिन्तित

अर्घाखाँची - अर्घाखाँचीमा बाँदरले मकै सखाप पार्न थालेपछि किसानहरु चिन्तित‍ भएका छन् । बिहानदेखि बेलुकासम्म बारीमा बस्दा समेत बाँदरबाट मकै जाेगाउन नसकेपछि किसान चिन्तामा परेका हुन् ।  किसानहरु मकैको बोटमा घोगा लागेदेखि नै सबै काम छाडेर बाँदर धपाउन  लागिपरेका छन् । 'बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ, बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेका छाैँ।' सन्धिखर्क २ भलायडाँडाका ...

बाँदरले मकै सखाप पारेपछि गुल्मीका किसान मारमा

गुल्मी :  बाँदर आतंकले गुल्मीका किसान मारमा परेका छन्। जिल्लाका अधिकांश स्थानीय तहमा बाँदरका कारण किसानले हैरानी खेपेका छन्। रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासकी सीता मरासिनीले बिहानदेखि बेलुकीसम्म बारीमै भएपनि मकै जोगाउन मुस्किल परेको गुनासो गरिन्। ‘दुःख गरेर लगाएको बाली घरमा ल्याउन नपाइने चिन्ताले सताएको छ’, उनले भनिन्।धुर्कोट गाउँपालिका –४ जैसिथोकका बीरबहादुर नेपालीले बिहानदेखि बेलुकीसम्म बारीमै बस्दा पनि बाँदरले झुक्याएर मकै खाइदिने गरेको गुनासो गरे। &nbs

बाँदरबाट बाली जोगाउनै मुस्किल

काठमाडौँ,२ साउन । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन् । मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थालेका थिए । उनले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाएका छन्। “बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्”, उनले भने, “बिहान […]

बाँदरबाट बाली जोगाउनै मुस्किल

काठमाडाैँ- म्याग्दीको मङ्गला गाउँपालिका-२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन्। मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थालेका थिए। उनले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाएका छन्। ‘बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्’, उनले भने, ‘बिहान उज्यालो भएदेखि रात नपरुञ्जेलसम्म […]