बाँदरले मकै सखाप पारेपछि गुल्मीका किसान मारमा

गुल्मी :  बाँदर आतंकले गुल्मीका किसान मारमा परेका छन्। जिल्लाका अधिकांश स्थानीय तहमा बाँदरका कारण किसानले हैरानी खेपेका छन्। रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासकी सीता मरासिनीले बिहानदेखि बेलुकीसम्म बारीमै भएपनि मकै जोगाउन मुस्किल परेको गुनासो गरिन्। ‘दुःख गरेर लगाएको बाली घरमा ल्याउन नपाइने चिन्ताले सताएको छ’, उनले भनिन्।धुर्कोट गाउँपालिका –४ जैसिथोकका बीरबहादुर नेपालीले बिहानदेखि बेलुकीसम्म बारीमै बस्दा पनि बाँदरले झुक्याएर मकै खाइदिने गरेको गुनासो गरे। &nbs

सम्बन्धित सामग्री

गोड्ने बेलाको मकैमा फौजी किरा प्रकोप, कृषक चिन्तित

ओखलढुंगा : अघिल्लो वर्ष खडेरीको मारमा परेका किसान अहिले फौजी किराले मकै सखाप पारेपछि समस्यामा परेका छन्।  गत वर्ष जिल्लाका केही स्थानीय तहमा मात्रै देखिएको प्रकोप अहिले जिल्लाका धेरै स्थानीय तहसम्म फैलिएको छ। पछिल्लो समय जिल्लाका मानेभञ्ज्याङ, चम्पादेवी, सुनकोसी, चिशंखुगढी गाउँपालिका तथा सिद्धिचरणमा लगाइएक...