कर नबुझाउने करदातामाथि कारबाही सुरू

लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए ।“कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौँ”, उनले भने, “दोस्रो चरणमा पत्राचार गरिने र […]

सम्बन्धित सामग्री

कर नबुझाउनेलाई कारबाही

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन  र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया शुरू भएको कार्यालयले बताएको छ । प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने, ‘पहिलो चरणमा करदातालाई १५ दिने र सातदिने पत्र पठाइसकेका छौं । यसपछि पुनः तीन दिनको पत्र पठाउनेछौं ।’ पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरूको बैंक खाता रोक्का समेत गरिने उनले जानकारी दिए । जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले  बताएको छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व संकलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा रू. चार अर्ब ७३ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात् रू. तीन अर्ब १५ करोड १६ लाख मात्र असुली भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रू. आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो । रासस

कर नबुझाउनेलाई कारबाही

वीरगन्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ ।

कर नबुझाउने ४० करदाताको जग्गा र बैंक खाता रोक्का

काठमाडौं।लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानुनी कारबाही अघि बढाएको छ।दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानुनी कारवाहीस्वरूप कारोबार,बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए।मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ।

कर नबुझाउने ४० करदातामाथि कानूनी कारबाही, जग्गा र बैङ्क खाता रोक्का

लहान । लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारबाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारबाही स्वरूप कारोबार, बैङ्क खाता र चल अचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए। रु पाँच लाखसम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानूनी कारबाही अघि बढाइएकामा […]

कर नबुझाउनेलाई कारबाही

आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ ।