कर नबुझाउनेलाई कारबाही

आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने काठमाडौं महानगर

काठमाडौं, फागुन ३० । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारी, ७ व्यक्तिसहित ३३ निकायलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने तयारी गरेको हो । कामपाले नेपाल स्काउट, नेपाल रेडक्रम सोसाइटी, जय नेपाल हललगायत संस्थालाई कर तिर्न ताकेता गर्दा पनि कर तिर्न नआएको कारण कारबाही […]

विराटनगर महानगरपालिकाद्वारा कर संकलनमा कडाई

काठमाडाैं । विराटनगर महानगरपालिकाले कर संकलन अभियानलाई तीब्रता दिएकाे छ । सरकारी संस्थान र सरकारी कार्यालयकै अटेरीका कारण २० करोड भन्दा बढी राजस्व उठ्न नसकेपछि महानगरले कर संकलनलाई तीब्रता दिएको हो । महानगरपालिकाले फागुन महिनाभित्र राजस्व बुझाएको खण्डमा शत प्रतिशत जरिवाना मिनाहा गर्ने समेत जनाएको छ । तोकिएको समयमा राजस्व नबुझाए अरु कारबाही प्रक्रियामा जाने […]

कर नबुझाउनेलाई कारबाही

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन  र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया शुरू भएको कार्यालयले बताएको छ । प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने, ‘पहिलो चरणमा करदातालाई १५ दिने र सातदिने पत्र पठाइसकेका छौं । यसपछि पुनः तीन दिनको पत्र पठाउनेछौं ।’ पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरूको बैंक खाता रोक्का समेत गरिने उनले जानकारी दिए । जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले  बताएको छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व संकलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा रू. चार अर्ब ७३ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात् रू. तीन अर्ब १५ करोड १६ लाख मात्र असुली भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रू. आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो । रासस

काठमाडाैँ महानगरद्वारा सात क्यासिनोलाई ७ दिनभित्र कर नतिरे कारबाही गर्ने चेतावनी

काठमाडौँ- काठमाडौँ महानगरले ७ दिनभित्र मनाेरञ्जन कर तिर्न सातवटा क्यासिनोलाई चेतावनी दिएकाे छ। महानगरले महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी आइतबार पत्राचार गर्दै जनाएकाे हाे। महानगरका अनुसार होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णकाे क्यासिनो प्यालेस, हाेटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेसनल एण्ड रिक्रिएसन, हाेटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोले ४ वर्षदेखि […]

दर्ताबिनै मदिरा बिक्री गर्ने पसललाई कारबाही गरिने

सिमकोट – आन्तरिक कर कार्यालयमा दर्ताबिनै मदिरा बिक्री–वितरण गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ। बजार अनुगमन गर्ने क्रममा त्यसरी बिना दर्ता मदिरा बिक्री गरिएको पाइएपछि कारबाही गरिने भएको हो। अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलका अनुसार बजार अनुगमनका क्रममा बिना दर्ता मदिरा बिक्री गरिएको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने अन्तिम चेतावनी […]

दर्ताबिनै मदिरा बिक्री गर्ने पसललाई कारबाही गरिने

सिमकोट – आन्तरिक कर कार्यालयमा दर्ताबिनै मदिरा बिक्री–वितरण गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ। बजार अनुगमन गर्ने क्रममा त्यसरी बिना दर्ता मदिरा बिक्री गरिएको पाइएपछि कारबाही गरिने भएको हो। अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलका अनुसार बजार अनुगमनका क्रममा बिना दर्ता मदिरा बिक्री गरिएको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने अन्तिम चेतावनी […]

कर नबुझाउने करदातामाथि कारबाही सुरू

लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए ।“कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौँ”, उनले भने, “दोस्रो चरणमा पत्राचार गरिने र […]

कर तिर्न कामपाले पुनः थाल्यो माइकिङ, कर नबुझाए कडा कारबाही

ईश्वरराज ढकाल, काठमाडौं । कर तिर्न अटेर गरेपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि पुनः माइकिङ शुरु गरेको छ । कामपाले तालिका सार्वजनिक गरेरै कर असुल्न माइकिङ शुरु गरेको हो । करिब २८ वर्षदेखि कर नतिर्ने करदातालाई कारबाही गर्ने चेतावनी दिँदै दोस्रोपटक माइकिङ शुरु गरिएको बताउँदै कामपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भन्नुभयो– ‘कर नतिरे कडा कारबाही […]

कर नबुझाउने ४० करदाताको जग्गा र बैंक खाता रोक्का

काठमाडौं।लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानुनी कारबाही अघि बढाएको छ।दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानुनी कारवाहीस्वरूप कारोबार,बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए।मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ।

कर नबुझाउने ४० करदातामाथि कानूनी कारबाही, जग्गा र बैङ्क खाता रोक्का

लहान । लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारबाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारबाही स्वरूप कारोबार, बैङ्क खाता र चल अचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए। रु पाँच लाखसम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानूनी कारबाही अघि बढाइएकामा […]